समाचारशुक्रबार, आश्विन ८, २०७२
डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै
सरकारसँग भएको ११ बुँदे सहमति पालना नभएको भन्दै आमरण अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
छैठौँ अनशनले बिग्रिएको स्वास्थ्य तङ्ग्रिन नपाउँदै २ असोज दिउँसोबाट सातौँ अनशन सुरु गरेका डा केसीको रक्तचाप र श्वासको गति उच्च हुँदै गएको उनको उपचारमा संलग्न प्रा डा दिव्यासिंह शाहले बताइन् ।
तीन वर्षको अवधिमा चिकित्सा शिक्षा सुधारका लागि ६४ दिन अनशन बसिसकेका प्रा डा केसीलाई नर्मल स्लाइन दिइरहेको र उनको पिसाबमा समस्या देखिएको डा शाहले जानकारी दिइन् ।
पछिल्लो पटक माथेमा आयोगको प्रतिवेदन कार्यान्वयनको माग गर्दै भदौमा प्रा डा केसी १४ दिन अनशन बसेका थिए । प्रा डा केसीले उठाएका माग र भावनालाई सरकारले राम्ररी बुझ्न नसकेको उनका सहयोगी डा. जीवन क्षेत्रीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>