समाचारशुक्रबार, आश्विन ८, २०७२
भारतीय राजदूत राय नेपालका नेताहरुलाई भेट्दै
भारतीय राजदूत रणजीत राय भारतबाट नेपाल फर्किए लगत्तैदेखि शीर्ष नेताहरुसँग भेटघाटमा जुटेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर ७ असोजमा नेपाल फर्किएदेखि शीर्ष नेताहरुसँगको भेटघाटमा राय लागेका हुन् । उनले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टा–छुट्टै भेटघाट गरेका छन् ।
प्रधानमन्त्री कोइरालालाई बालुवाटारमा, ओलीलाई एमाले संसदीय दलको कार्यालय सिंहदरवार र कोटेश्वरस्थित नेता नेपालको नीजि निवासमा भेट गर्न पुगेका थिए ।
नेपालको तराई–मधेशमा देखिएको पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धलाई सुमधुर कायम राख्नेबारे उनले भेटघाटमा कुरा गरेका थिए । राजदूत रायलाई भारत र नेपालको सीमामा देखिएको समस्याबारे नेपालको परराष्ट्र मन्त्रालयले मन्त्रालय बोलाएको छ ।
भारतसँग सीमा जोडिएको नाकाहरुमा भारतले ७ असोजदेखि मालबाहक तथा यात्रूबाहक सवारी साधन रोकेका छन् ।
यसैबीच, भारतीय दूतावासले अहिले साँझ ५ बजे पत्रकार सम्मेलनकाे अायाेजना गरेकाे छ ।