समाचारशुक्रबार, आश्विन ८, २०७२

हिंसात्मक गतिविधि अस्वीकार्यः ओली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गर्ने क्रममा हुने हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताएका छन् ।

नेपाल पर्यटन राष्ट्रिय व्यवसायी सङ्गठनको प्रथम महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले विश्वका कुनै पनि मुलुकका भन्दा लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा नेपालको संविधान कमजोर नरहेको दाबी गरे ।

उनले संविधानसभाको व्यापक सहभागिताका आधारमा निर्मित संविधानलाई मान्नुपर्ने बताए । ओलीले भने, “लोकतन्त्रमा केही कुरामा चित्त बुझेन भन्दैमा आन्दोलनका नाममा निर्दाेष व्यक्ति र प्रहरीमाथि आक्रमण, व्यक्तिका घर, सरकारी कार्यालय तोडफोड, सीमामा अवरोधजस्ता कार्य स्वीकार्य छैन ।”

उनले तराई–मधेस केन्द्रित दलका कुनै असन्तुष्टिका विषय भए वार्तामा बसेर सङ्घीयताको हेरफेर गर्न सकिने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>