समाचारशुक्रबार, आश्विन ८, २०७२

पारवहन सुविधा हाम्रो अधिकार हो, भारतको कृपा होइन: झलनाथ खनाल

हिमालखबर

jhalanath-khanalपूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले नाकाबन्दी जस्तो अवस्था आउनुमा भारतकै कमजोरी भएको बताएका छन ।

रिपोर्टर्स क्लबले ८ असोजमा आयोजना गरेको साक्षात्कारमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पारवहन अधिकार भारतको कृपाको विषय नभई अन्तर्रांष्ट्रिय अधिकार भएकोले नेपालमा सामान आपूर्तिका लागि भारतले अवरोध गर्न नहुने बताए ।

नेपालले संविधान निर्माण जस्तो ऐतिहासिक काम गरेका बेला छिमेकी दुखी भई नाकाबन्दी लगाउलान भन्नेमा आफूलाई विश्वास नभएको भन्दै उनले थपे, “कुनै बाधा अवरोध आए सबै नेपालीहरुले एकताबद्ध भएर जस्तो सुकै चुनौति समेत सामना गर्नेछौं ।”

खनालले भने, “उहिल्यै ब्रिटिशले हमला गर्दा पनि नेपालीले दशैं मनाएकै हुन्, यो भन्दा पहिला भारतले नाकाबन्दीको लगाएको बेला पनि नेपालीले दशै मनाए, अहिले नाकाबन्दी भएपनि दशै मनाउछौं ।”

“हामीले संविधान निर्माण गरेर सुन्दर काम गरिरहेको बेलामा सारा विश्वले स्वागत गरिरहेको छ तर, भारत किन दुखी हुने, बुझ्न सकिएन,” खनालले भने, “यो हाम्रो कुटनीतिकको असफलता होईन ।”

खनालले दशगजा क्षेत्रमा कुनै गतिविधि गर्न नपाईने भए पनि अहिले केही दलहरु धर्ना दिएर दुई मुलुकको सम्बन्ध विथोलेर आफ्नो दुनो सोझ्याउन लागि परेकोले सरकारले त्यस्तो गतिविधिलाई रोक्ने बताए ।

नेपालकालागि भारतीय राजदुत रञ्जित रेलाई भारत सरकारको प्रतिनिधिको रुपमा नाकाबन्दी समाप्त गरेर निर्वाध सामन ल्याउने बातारण बनाउन भूमिका खेल्न खनालले आग्रह गरे । भने, “अन्यथा यसले हामीलाई त नोक्सानी हुन्छ नै भारतलाई पनि फाईदा गर्दैन ।”

मुलुकको सार्वभौमिकता, अखण्डता र स्वाधिनताको मुल्यमा कसैसँग सम्झौता नगर्ने खनालको भनाई थियो ।
उनले भने, “हामी पञ्चशिलको सिद्धान्तमा भारतसँगको सम्बन्ध अझै सुदृढ बढाउन चाहन्छौ ।’

मधेशमा भइरहेको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “शान्तिपूर्ण आन्दोलन गर्न कसैले रोक्न सक्दैन, अघाउन्जेल आन्दोलन गर्नुस, हिंसा गरे अप्ठ्यारो पर्ला ।”

खनालले संसदको अधिवेशन शुरु भएको एक साताभित्र नेकपा एमालेको नेतृत्वमा सहमतिको सरकार बन्ने दावी गर्दै त्यसको विषयमा गृहकार्य शुरु भईसकेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>