समाचारशुक्रबार, आश्विन ८, २०७२

प्रम कोइरालासँग राजदूत उपाध्यायको भेटवार्ता

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराएका छन् ।

सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई–मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँदिल्लीमा भएका छलफलका विषयमा राजदूत उपाध्यायले प्रधानमन्त्री कोइरालालाई अवगत गराएका हुन् ।

नयाँदिल्लीबाट आजै, ८ असोजमा काठमाडौँ आएका राजदूत उपाध्यायले तराई–मधेसमा जारी आन्दोलनका विषयमा बाहिर आएका टीकाटिप्पणी र वास्तविकताका विषयमा पनि प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेको बताए ।

राजदूत उपाध्यायले आजै राष्ट्रपति डा.रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नेछन् ।
प्रदेश सीमाङ्कनका विषयलाई लिएर विगत ४१ दिनदेखि तराई–मधेसमा आन्दोलन भइरहेको छ ।

उक्त आन्दोलनका कारण नेपाल प्रवेश गर्ने हजारौं मालबाहक ट्रकहरु नेपाल–भारत सीमामा अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>