समाचारशुक्रबार, आश्विन ८, २०७२

आन्दोलनरत दुई मोर्चाबीच वार्ता हुँदै

हिमालखबर

विजयकुमार गच्छदार नेतृत्वको सङ्घीय लोकतान्त्रिक मोर्चाले आन्दोलनरत अन्य दलसँग सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।

गच्छदार नेतृत्वको मोर्चाको टोली र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको टोलीबीच ९ भदौ विहान वार्ता हुने कार्यक्रम तय भएको छ ।

संघीय मोर्चाका संयोजक विजयकुमार गच्छदारको अध्यक्षतामा ८ असोजमा भएको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको  गच्छदारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वार्ता टोलीमा फोरम लोकतन्त्रिकका महासचिव रामजनम चौधरी, राष्ट्रिय मधेश सद्भावना पार्टीका प्रवक्ता केशव झा र मधेशी जनाधिकार फोरम गणतान्त्रिकका महासचिव सिपी सिंह छन् ।

बैठकले पहिचान र अधिकारका लागि चलिरहेको आन्दोलनलाई निर्णायक बनाउन, अन्य मोर्चासँग आवश्यकताअनुसार एकता, सहकार्य, आपसी सहयोग र तालमेल गर्न तथा सबै सम्भावनाको खोजी गरी मोर्चालाई प्रस्ताव सिफारिस गर्न समितिलाई जिम्मेवारी दिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि आजै काठमाडौं आइपुगेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको टोली र संघीय लोकतान्त्रिक मोर्चाको टोलीबीच ९ असोज विहान १० बजे वार्ता हुने सदभावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>