समाचारशुक्रबार, आश्विन ८, २०७२
पानीटंकीबाट११ वटा गाडीमात्रै नेपाल भित्रिए, सीमामा सयौं मालवाहक ट्रकको लाम
भारतको नाकाबन्दीका कारण काकडभिट्टा भन्सारको राजश्व उठ्ती करिब करिब शून्यमा झरेको छ ।
दैनिक १५० भन्दा बढी मालबाहक ट्रक र कन्टेनर भारतको पानीटंकी नाकाबाट नेपाल प्रबेश गर्ने गरेकोमा ८ असोजमा फलफुलका ५ र पेट्रोलियमका ६ गरी ११ वटा मात्र गाडी नेपाल प्रबेश गरेको मेची भन्सार काँकडभिट्टा भन्सारका अधिकृत दिपेन्द्र झाले जानकारी दिए ।
दैनिक सरदर डेढकरोड राजश्व उठने मेची भन्सार काँकडभिट्टामा ८ असोजमा ४५ हजार मात्र राजश्व उठेको पनि झाले बताए् ।
नेपाल प्रबेश गर्न सयौं मालबाहक ट्रक र कन्टेनरहरु भारतको पानीटंकी नाकामा लाम लागे पनि भारतीय सुरक्षाकर्मीले रोकेर राखेका छन् ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>