समाचारशनिबार, आश्विन ९, २०७२

प्रधानमन्त्री कोइराला टीकापुर प्रस्थान

हिमालखबर

प्रधानमन्त्री सुशील कोइराला ९ असोज विहान टीकापुर गएका छन् ।

एसएसपीसहित ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटना र त्यसपछि विग्रिएको सामाजिक सद्भावका बारेमा जानकारी लिन र स्थानीयसँग छलफलका लागि प्रधानमन्त्री टीकापुर पुगेका हुन् ।

पछिल्लो समय तराईमा बढदै गएको हिंसा र त्यसबाट सिर्जना भएको असहज परिस्थितिलाई ध्यानमा राखी प्रधानमन्त्रीले स्थानीय राजनीतिक दलका अगुवा, आन्दोलनकारी नेता, थारु अगुवा र नागरिक समाजका प्रतिनिधिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको पत्रकार दीर्घराज उपाध्यायले जानकारी दिए ।

टीकापुरपछि उनी भैरवहा र नवलपरासी पुग्ने कार्यक्रम छ ।

३ असोजमा संविधान जारी भएपछि प्रधानमन्त्री कोइरालाको यो राजधानी बाहिरको पहिलो भ्रमण हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>