समाचारशनिबार, आश्विन ९, २०७२

जलेश्वरमा कर्फ्यू र सप्तरीमा दङ्गाग्रस्त क्षेत्र हटाइयो

हिमालखबर

स्थानीय प्रशासन कार्यालयले महोत्तरीको सदरमुकाम जलेश्वरमा दिनमा लगाउँदै आएको कर्फ्यू आजबाट हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेका अनुसार आजदेखि जलेश्वरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म कर्फ्यू हटाएको छ भने राति ९ बजेदेखि बिहान ५ सम्म मात्रै कर्फ्यू यथावत् नै रहने छ ।

भदौ २३ गते र २५ गते आन्दोलनको क्रममा जलेश्वरमा एक सुरक्षाकर्मीसहित सात जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले भदौ २३ गतेदेखि जलेश्वरमा कर्फ्यू लगाउँदै आएको थियो ।

जलेश्वरमा दिनमा आठ घन्टा, छ घन्टा, चार घन्टा, दुई घन्टा, एक घन्टा गरी कर्फ्यू क्रमश: हटाइएको प्रजिअ काफ्लेले बताए ।
सप्तरी
सप्तरी प्रशासनले घोषणा गरेको दङ्गाग्रस्त क्षेत्र आज, ९ असोज बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मका लागि हटाएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले दिएको जानकारीअनुसार सप्तरी जिल्लाको पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि लहानको बलान खोलासम्मका जनजीवन विस्तारै सहज बन्दै गएपछि दङ्गाग्रस्त क्षेत्र हटाइएको हो ।

उनले बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दिनका लागि मात्र दङ्गाग्रस्त क्षेत्र हटाएको र साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग क्षेत्रमा दङ्गाग्रस्त यथावत् रहने र आवश्यक परेको बेला पुनः सो क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र कायम गर्न सकिने जानकारी दिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>