Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतको नाकाबन्दीले बजार भाउ बढ्यो - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन ९, २०७२

भारतको नाकाबन्दीले बजार भाउ बढ्यो

हिमालखबर

tarakariभारतले नाकाबन्दी गरेको तेस्रो दिनदेखि झापाका बजारमा उपभोग्य सामानको भाउ बढेको छ ।

खुद्रा ब्यापारीले ९ असोज बिहानदेखि पश्चिम दमक बजारमा सेतो आलुको भाउ ८५ रुपैयाँ र प्याज १२० रुपैयाँ प्रतिकिलो पुर्‍याएका छन् ।

अघिल्लो दिनको तुलनामा यहाँ सेतोआलु र प्याजको भाउ प्रतिकेजी बिस रुपैयाँ बढेको हो ।

झापाको बजारमा भारतको पश्चिम बंगाल र आसामबाट दैनिक सात थरी फलफुल र तरकारी आइरहेको हुन्छ ।

तीन दिनदेखि भारतीय सीमा पानीटंकीमा मालबाहक ट्रकहरु रोकिएका कारण यहाँ जगेडा रहेको आलु, प्याज र फलफुल सकिँदै गएपछि भाउ महंगो भएको हो ।

भारतबाट आयात भएको स्याउ र अनारको मूल्य पनि प्रतिकेजी रु २० सम्म बढेको छ ।

दमक– ११ को गौरब फलफूल पसलका मालिक जमसोद मियाँ आफूले मगाएको एउटा ट्रक स्याउ तीन दिनदेखि भारतको पानीटंकीमा रोकिएको बताउँछन् । “यहाँ पसल रित्तिसक्यो, उता ट्रकमा स्याउ कुहिन लागेको सुन्दैछु,” मियाँले भने ।

केरा, नासपाती र अन्य हरियो सागसब्जी भने सुनसरी, धनकुटा, तेह्रथुम, इलाम लगायतका जिल्लाबाट सहज आपूर्ती भइरहेको यहाँका ब्यापारीले बताएका छन् ।

यसैगरि झापाको बजारमा बिराटनगरबाट आँउने खानेतेलको भाउ तीन सातामा तीनपटक बढेर प्रति दश लिटर रु. १४०० पुगेको छ ।

तीन साताअघि सो परिमाणको खानेतेलका भाउ रु ११८० थियो ।

तराईमा जारी आन्दोलनका कारण ढुवानी हुन नसक्दा बजारमा खानेतेलको समेत अभाव हुँदै गएको छ । यस्तो बेला मौका छोपेर कालोबजारी गर्नेहरुले भाउ बढाएको उपभोक्ताहरुको गुनासो छ ।

यता झापाका सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले झापाका केहि बजारहरुमा उपभोग्य सामग्री अभाव देखिन थालेको भन्दै बजार अनुगम शुरु गर्ने तयारी भएको बताएका छन् ।

थापाले ब्यापारीहरुले उपभोग्य बस्तुको स्टक लुकाएर बजारमा कृतिम अभाब सृजना गरेको जिल्ला प्रशासन कार्यालयमा गुनासो आएका कारण १० असोजदेखि बजार अनुगमन गरिने हिमालखबरलाई बताए ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>