समाचारशनिबार, आश्विन ९, २०७२

बाँकेः दशगजामा तनाव, चार प्रहरी घाइते

हिमालखबर

बाँके, नेपालगञ्ज नजिकको भारतसँग जोडिएको जमुनाहा नाकामा मधेशी मोर्चाका नेता–कार्यकर्ताले दशगजा क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनकारीले हानेको ढुंगा लागेर प्रहरी नायव निरीक्षकसहित चार प्रहरी घाइते भएका छन् ।

घाइते हुनेमा सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कमल बिक र जवान कमल खनाल छन् ।

उनीहरुको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार तीनदिनदेखि सीमा नाका ठप्प हुँदा भारतीय सीमाक्षेत्रमा सयौं गाडी अलपत्र परेका छन् ।

सीमा क्षेत्रमा आज मधेशी मोर्चाका कार्यकर्ताले धर्ना दिए पनि हिंजोसम्म यहाँ न आन्दोलन थियो न धर्ना नै ।

तर पनि भारतीय पक्षले कुनै पनि मालबाहक गाडी तीन दिनदेखि नेपालतर्फ आउन दिएको छैन । आज, ९ असोजमा रुपैडिहामा नेपाली नागरिकहरु पनि जान सकेका छैनन् ।

भारतीय पक्षले नेपालको सीमा क्षेत्रमा आन्दोलन भइरहेकोले असुरक्षाका कारण मालवाहक गाडीहरु नेपालतर्फ पठाउन नसकिएको बताएपछि उक्त कुरालाई पुष्टि गराउन मोर्चाका नेता–कार्यकर्ताहरुले आजदेखि दशगजा क्षेत्रमै गएर प्रदर्शन थालेका हुन् ।

नेपालगञ्ज–रुपैडिहा नाका यस क्षेत्रको मुख्य सीमा नाका हो । पश्चिम क्षेत्रमा यही नाका भएर पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य सामान नेपाल भित्रिने गर्छन् ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>