समाचारशनिबार, आश्विन ९, २०७२

नेपालगञ्जमा झडप, आन्दोलनकारीलाई एसएसबीको सुरक्षा

हिमालखबर

तस्वीर: केशव राना/हिमालखबर

तस्वीर: केशव राना/हिमालखबर

भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहा नाकामा धर्ना र विरोध प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले सीमा नाका ठप्प पारी नेपाल भारत सीमाको प्रवेशद्वारमै धर्ना र प्रदर्शन गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच  झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीतर्फ  करिब १० जना र प्रहरीतर्फ ४ जना घाइते भएका छन् ।

झडप हुँदै गर्दा भारततर्फ भागेका आन्दोलनकारीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले भारत रुपैडिहाभित्र प्रवेश गराई सुरक्षा दिएको छ ।

मधेशी मोर्चाले प्रदर्शन गरिरहेका बेला एसएसबीले नेपालतर्फ आई तस्वीर लिने गरेको र भाग्दै गरेका आन्दोलनकारीलाई भारतर्फ लगेर सुरक्षा दिने गरेको थियो ।

साँझ साढे ६ बजेपछि भने जमुनाहा सीमा नाका सामान्य बनेको भए  पनि भारतबाट कुनै मालबाहक सवारी साधन नेपाल प्रवेश गरेका छैनन् ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>