समाचारशनिबार, आश्विन ९, २०७२

आइतबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू

हिमालखबर

गृहमन्त्रालयले देशमा पेट्रोलियम पदार्थको अभाव भएकाले आइतबार, १० असोजदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ ।

भारतीय सीमा अवरुद्ध भई आपूर्तिमा असहज स्थिति उत्पन्न भएकाले मिति २०७२ असोज १० गतेदेखि लागू हुने गरी अत्यावश्यक सेवा र सुरक्षा निकाय बाहेक सबै प्रकारका सवारी साधनहरु जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

“पेट्रोलियम पदार्थको आयात तथा ढूवानीमा भएको असहज परिस्थितिलाई मध्य नजर राख्दै गरिएको यो व्यवस्थाबाट सर्वसाधारणमा पर्न जाने असरप्रति संवेदनशिल हुँदै आफूर्ति सहज गराउन सरकार प्रयत्नशील रहेको र आपूर्तिमा सुधार नभएसम्मका लागि धैर्य गरी पेट्रोलियम पदार्थको उपभोगमा मितव्ययिता अपनाउन र अनावश्यक रुपमा सञ्जय नगरिदिन हुन सबैमा अनुरोध गरिएको छ,” मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>