Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काकडभिट्टाबाट १७ वटा ट्रक भित्रिए, बाँकी 'दिल्लीको आदेश' भन्दै एसएसबीले रोक्यो - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन ९, २०७२

काकडभिट्टाबाट १७ वटा ट्रक भित्रिए, बाँकी ‘दिल्लीको आदेश’ भन्दै एसएसबीले रोक्यो

हिमालखबर

भारततर्फ रोकिएका सवारी साधनको लाम । तस्वीर: कृष्ण सिजाली

भारततर्फ रोकिएका सवारी साधनको लाम । तस्वीर: कृष्ण सिजाली

पूर्वको मेची भन्सार हुँदै ९ असोजमा १७ वटा ट्रक मात्रै नेपाल भित्रिन पाएका छन् भने सयौं मालबाहक साधनलाई एसएसबीले सीमापारी रोकी राखेको छ ।

आज नेपाल भित्रिएका गाडीमा पेट्रोल ट्यांकर एउटा, डिजेलको दुईवटा, आलु बोकेका तीन वटा ट्रक, प्याजका तिनवटा, माछाका दुईवटा, कोदोको एउटा, बिद्युतीय सामग्रीको एउटा, टायरको एउटा, क्लिंकरको एउटा र तरकारीको एउटा गरी १७ वटा ट्रक छन् ।

सीमापारी भारतीय भन्सार अड्डाबाट जाँचपास भएका सयौं ट्रक, टयांकर र कन्टेनरहरु त्यहाँ तैनाथ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको छ । एसएसबीले दिल्लीको आदेशमा भन्दै मालबाहक गाडी आउन नदिएको हो ।

एसएसबीले उत्पादन उद्योगका आवश्यक कच्चा पदार्थ, चीनबाट आएका सामान र इण्डोनेशियाबाट आएको सुपारी समेत रहेको मेची उद्योग बाणिज्य संघ काँकडभिट्टाका अध्यक्ष बिजय डालमियाले बताए ।

दुई दिनअघि भारतीय सीमा पानीटंकीका अधिकारीहरुसँग अनौपचारिक कुराकानी गरेको बताँउदै डालमियाले भने, “उनिहरु नेपालको सुरक्षाको लागि भन्सारमा कडाई गरेको पत्याउनै नसकिने नक्कली जवाफ दिन्छन् ।”

भारतबाट मालसामान आउन नसक्दा यहाँका उद्योगहरुले कच्चा पदार्थको अभावमा उत्पादन बन्दगर्नुपर्ने स्थिति आएको उद्योगीहरु बताउँछन् ।

अरु केही दिन कोइला, क्लिंकर लगायतका कच्चा र अर्धकच्चा पदार्थ भारतबाट पर्याप्त नआए झापाका पाँचवटै सिमेन्ट कारखाना बन्द हुने डालमियाले बताए ।

भुटान र भारतका आसाम लगायतका ठाँउबाट आउने ति कच्चा पदार्थ लोड भएका दर्जनौं मालबाहकहरु पानीटंकीमा रोकिएका छन् ।

भारतले ६ असोजदेखि अघोषित नाकाबन्दी गरेपछि मेची भन्सारको राजश्व उठतीमा भारी गिरावट आएको छ ।

दैनिक करिब डेढ करोड राजश्व उठिरहेको काँकडभिट्टा स्थित मेची भन्सारमा ९ असोजमा भारतबाट नेपाल पसेका १७ मालबाहक ट्रकबाट १३ लाख मात्र राजश्व उठेको भन्सार अधिकृत दिपेन्द्र झाले बताए । ८ असोजमा भने यो नाकामा रु ४७ हजार राजश्व संकलन भएको थियो ।

यसैगरि ९ असोजमा नेपालबाट दुई ट्रक तरकारी भारत निर्यात भएको मेची भन्सार काँकडभिट्टाले जनाएको छ ।

९ असोजसम्म पैदल आवतजावतमा भने कुनै अवरोध भएको छैन ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>