Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बाबुरामको निर्णय पूरै गलत: अग्नी सापकोटा - Himalkhabar.com

थप समाचारशनिबार, आश्विन ९, २०७२

बाबुरामको निर्णय पूरै गलत: अग्नी सापकोटा

हिमालखबर

Agni_sapkota1एमाओवादी स्थायी कमिटी सदस्य अग्नि सापकोटाले नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नुले आश्चर्यमा पारेको बताएका छन् ।

उनले भट्टराईको बहिर्गमनबाट आफू आश्चर्यमा परेको र सो निर्णय गलत भएको बताए ।

मुलुकले नयाँ संविधान जारी गरिसकेको र त्यसलाई सहज कार्यान्वयन गर्नुपर्ने बेलामा एकाएक पार्टी छाड्नु गलत भएको र मुलुक र जनताप्रति समेत राम्रो नभएको उनको भनाइ छ ।

नेता सापकाटाले भने, “संविधान कार्यान्वयन गरेर मुलुकलाई अगाडि बढाउने र पार्टी पुनर्गठन गर्ने बेलामा उहाँले जुन खालको व्यवहार प्रदर्शन गर्नुभयो, त्यो सर्वथा गलत छ । मुलुक, जनता र क्रान्तिको समेत विरुद्धमा छ ।”

आफ्नो निर्णयमा पुनःविचार गरेर पुनः पार्टीमा फर्कनुपर्नेमा जोड दिँदै सापकोटाले हतारमा गरिएको निर्णय पूर्णतः गलत भएको बताए ।
भट्टराईले आफूले स्वतन्त्र रुपमा पार्टी परित्याग गरेको निर्णय गरेको बताए पनि यो निर्णय स्वतन्त्र रुपमा नआएको सापकोटाको दाबी छ ।

एमाओवादीले आइतबारदेखि केन्द्रीय समितिको बैठक बोलाएको र बैठकमा भट्टराईको बहिर्गमन तथा अन्य समसायिक विषयमा समेत छलफल हुने उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>