समाचारशनिबार, आश्विन ९, २०७२

बाबुरामको कदमप्रति एमाओवादी आश्चर्यमा (विज्ञप्तिसहित)

हिमालखबर

एमाओवादीले नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको प्रति आश्चर्य व्यक्त गर्दै निर्णयमा पुनर्विचार गर्न भट्टराईलाई आग्रह गरेको छ ।

१० असोजमा केन्द्रीय समितिको बैठक बोलाइएको र राजनीतिक परिस्थितिको समिक्षा र अन्य विषयमा समेत बैठकमा छलफल हुने अवस्था हुँदाहुँदै पार्टी परित्यागको घोषणा गर्नु अस्वाभाविक विषय बनेको पार्टीका तर्फबाट प्रवक्ता दिननाथ शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“संविधान सभाबाट संविधान घोषणा भइसके पछि देशमा उत्पन्न असहज अवस्थामा सम्पूर्ण जनता एकताबद्ध हुनुपर्नेमा झन पार्टी परित्याग गर्नुले पार्टीलाई गम्भीर बनाएको छ । पछिलो समयमा क अध्यक्षसंग समग्र परिस्थिति बारे पटक–पटक उहाँसंग सौहार्द वातावरणमा छलफल हुँदै आएको थियो । छलफलकै माध्यमबाट सवै समस्याको समाधान हुनसक्ने कुरा सुनिश्चित छँदाछँदै के।स। बैठकको पूर्व सन्ध्यमा पार्टी परित्याग गर्नु स्वभाविक देखिदैन । क भट्टराईले यस निर्णयमा पुनर्विचार गर्नुहुने आशा छ ।” विज्ञप्तिमा उल्लेख छ ।
UCPNM_statement

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>