समाचारआइतबार, आश्विन १०, २०७२
नाकाबन्दीको विरोधमा विद्यार्थीहरु आन्दोलनमा जाने
भारतले गरेको नाकाबन्दीको विरोधमा नेपालका १३ विद्यार्थी संगठनहरुले संयुक्त विरोध प्रदर्शन गर्ने भएका छन् ।
११ असोज भारतीय दूतावास अगाडि विरोध प्रदर्शन र देशभरका सदरमुकाममा प्रदर्शन गर्ने भएका छन् । अनेरास्ववियुको केन्द्रिय कार्यालयमा बसेको संयुक्त बैठकले विरोधका कार्यक्रमहरु तय गरेको अनेरास्ववियुका सचिव राधिका खतिवडाले बताइन् ।
उनका अनुसार १२ असोजमा संयुक्त राष्ट्र संघ र नेपाल सरकारलाई ध्यानाकर्षणपत्र पठाउने निर्णय भएको छ । भूपरिवेष्ठित देशले पाउनुपर्ने पारवहन अधिकारको भारतले सम्मान नगरेकाले राष्ट्रसंघको ध्यानाकर्षण गराउने निर्णय गरेको खतिवडाले बताइन् ।
विद्यार्थी संगठनहरुले नाकाबन्दीको मौका छोपेर देशभरका व्यापारीहरुले कालोबजारी गरेको भन्ने सूचना आएकाले बजार अनुगमन पनि गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>