समाचारआइतबार, आश्विन १०, २०७२
आन्दोलनमा भारतको सहयोग छः अशोक राई
संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले तीन दलका नेताले आन्दोलनरत दलका कुरा नसुनेकाले वार्ताको वातावरण बन्न नसकेको बताएका छन् ।
संघीय प्रेस फोरम इलामले गरेको पत्रकार सम्मेलनमा नेता राईले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेश आन्दोलनमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने र दङ्गाग्रस्त क्षेत्रबाट सेनालाई फिर्ता बोलाउन सम्बोधन गरेमा पूरै समस्या समाधान हुने बताए ।
उनले अन्तरिम संविधानको मर्म र भावना विपरित जारी भएको संविधानले निकास दिन नसक्ने बताए । राईले भारतबाट मधेश आन्दोलनमा सहयोग भइरहेको बताए । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>