Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
परासीमा विद्यालय र बजार खुले - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन १०, २०७२

परासीमा विद्यालय र बजार खुले

हिमालखबर

parasiमधेशी मोर्चा र थरुहटको आमहडतालका कारण लामो समयदेखि बन्द रहेका नवलपरासीको सदरमुकाम परासी र दक्षिणी क्षेत्रका विद्यालयहरु आज, १० असोजदेखि सञ्चालनमा आएका छन् ।

मधेशी र थरुहट संयुक्त मोर्चा नवलपरासीले विद्यालय र बजार सुचारु गर्न दिने निर्णय गरे अनुसार आज देखि विद्यालय सञ्चालनमा आएका हुन् । यद्यपी विद्यालय सञ्चालन विहान ६ देखि १० बजेसम्म र बजार साँझ ५ देखि ८ बजेसम्म तीनघण्टामात्रै खोल्न पाइने मोर्चाले जनाएको छ ।

उद्योग वाणिज्य संघको पटक पटकको आग्रह र प्याब्सन सहित विभिन्न शैक्षिक संस्थाहरुको आग्रहमा विद्यालय र पसल व्यवसाय सञ्चालन गर्न मोर्चा सहमत भएको हो ।

विहान ६ बजे देखि १० बजे सम्म विद्यालय र साँझ ५ बजे देखि राति ८ बजे सम्म बजार पनि खुल्ला गरिएको मधेशी मोर्चाका संयोजक मुकुरजी गिरीले जानकारी दिए ।

नवलपरासीको राजमार्ग क्षेत्रका बजार र विद्यालयहरु भने यसअघि नै सञ्चालनमा आइसकेका छन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>