थप समाचारआइतबार, आश्विन १०, २०७२

आन्दोलन प्रयोजितः पृथ्वीसुब्बा गुरुङ

हिमालखबर

gurungनेकपा एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले तराईमा जारी आन्दोलन प्रायोजित भएको आरोप लगाएका छन् ।

प्रेस चौतारी लमजुङले १० असोजमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रश्न गरे, “नयाँ संविधानमा तराई–मधेशका कुन मुद्दा संवोधन भएन ? आन्दोलनको प्रायोजन र प्रायोजकको भेद खुल्दै गएको छ ।”

उनले भारतको उक्साहटमा नलाग्न मधेश केन्द्रित दलहरुलाई आग्रह गर्दै भने, “जायज माग संवोधन गर्न तयार छौँ, तर विदेशीको एजेण्डा बोक्नुहुन्छ भने कहिल्यै स्विकार्य हुँदैन ।”

एमाले संगठन विभाग प्रमुख समेत रहेका नेता गुरुङले मधेशमा नयाँ संविधानका विषयमा भ्रम फैलाईएको भन्दै त्यसको निवारणमा लाग्ने बताएका छन् ।

“एमालेले तराईमा ठूला आमसभाहरु गर्ने योजना बनाएको छ,” उनले भने, “मधेशी जनजाति, दलित, मुस्लिम, महिला लगायत पिछडिएको क्षेत्र र जातिका अधिकार सुनिश्चित भएको जानकारी गराउन पनि अभियान चलाउनुपर्ने भयो ।”

उनले चितवनदेखि शुरु गरेर झापा, कञ्चनपुर लगायत आन्दोलनग्रस्त क्षेत्रमा जाने समेत बताए ।

अर्को प्रसंगमा नेता गुरुङले बाबुराम भट्टराईलाई भारतले अन्तिम अस्त्रको रुपमा प्रयोग गरेको दाबी गरे ।
“भारतले तराई केन्द्रित दललाई आन्दोलन गर्न लगाएर उसका स्वार्थ सिद्ध नहुने देखे,” उनले भने, “अब बाबुरामलाई अस्त्र बनाउँदैछन् ।”
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>