समाचारआइतबार, आश्विन १०, २०७२

जमुनाहा नाकाबाट ११ वटामात्रै गाडी भित्रिए

हिमालखबर

पश्चिम नेपालको प्रमुख नाका नेपालगञ्जको जमुनाहाबाट आज, १० असोजमा ११ वटा ट्रक नेपाल भित्रिएका छन् ।

६ वटा डिजेलका र अन्य ५ वटा तरकारी बोकेका मालवाहक साधन नेपाल भित्रिएको नेपालगञ्ज भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।

यी गाडीहरु तीनदिनदेखि रुपैडिहामा नेपाल भित्रन पालो कुरेका सयौं सवारीसाधनमध्येका हुन् ।

गाडीमा रहेको गोलभेंडा कुहिएको छ भने आलु कुहिन शुरु गरेको छ ।

जमुनाहा प्रहरीका अनुसार रातिसम्ममा भारतले थप केही गाडी छोड्ने संकेत देखिएपनि पेट्रोलियम पदार्थका गाडीहरु भने छोड्ने संकेत देखिएको छैन ।

सीमा क्षेत्रमा हिजो ९ असोजमा मधेशी मोर्चाले धर्ना र प्रदर्शन गरे पनि आज भने त्यस्तो केही छैन ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>