थप समाचारआइतबार, आश्विन १०, २०७२
बाँकेमा नाकाबन्दीको विरोध
भारतद्वारा लगाइएको नाकाबन्दीको विरोधमा बाँकेको नेपालगञ्ज र कोहलपुर विरोध र्याली निकालिएको छ ।
स्थानीय नागरिकले स्वस्फूर्तरुपमा बाँकेको वनकट्वाबाट कोहलपुरसम्म नाकाबन्दीको विरोधमा मोटरसाइकल र्याली निकालेका हुन् ।
नेपालगञ्जमा भने विद्यार्थीहरुले नाकाबन्दीको विरोध गरे । ‘ब्याक अफ इन्डिया’ अभियान अन्तरगत नेपालगञ्जमा भारत विरुद्ध विरोध र्याली समेत निकालियो ।
बाँकेमा पनि जोरविजोर प्रणाली
भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति रोकिएपछि बाँकेमा पनि ११ असोजबाट जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
जिल्ला आपूर्ति समितिको १० असोजमा बसेको बैठकले छोटो दुरीका साधनलाई २० लिटर डिजल, मध्यम दुरीकालाई ५० र लामोदुरीका सवारी साधनलाई फुल टेंकी डिजल ईन्धन उपलब्ध गराउने र मोटरसाइकललाई ३ लिटर पेट्रोल दिने निर्णय गरेको छ ।
साथै पेट्रोल पम्पले भने आफूसँग भएको ईन्धनको स्टक तथा विक्रि गरेको परिणामको स्टक दुरुस्त राख्नु पर्नेछ ।
यसैगरी अत्यावश्यक सवारीका साधन, दुध र पानीका टेंकर, सरसफाईका गाडी, शवबाहन, दमकल, सञ्चारकर्मी, कुटनीतिक नियोग, सुरक्षा निकाय, सरकारी कार्यालयका साधनलाई भने जोर बिजोर लागू नहुने निर्णय भएको छ ।
केशव राना, बाँके