थप समाचारसोमबार, आश्विन ११, २०७२
माेर्चाको आक्रमणबाट मारिएका र घाइते परिवारलाई सरकारले क्षतिपुर्ति दिने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताको आक्रमणबाट मृत्यु भएकाका परिवार र घाइतेलाई सरकारले क्षतिपुर्ति दिने भएको छ ।
११ असोजमा यातायात मजदुर तथा व्यावसायीहरुको प्रतिनीधि टोलीसँग गृहमन्त्रालयका सहसचिव लक्ष्मी ढकालले यस्तो जानकारी दिए । सरकारले मृतक परिवारलाई १० लाख उपलब्ध गराउने र घाइतेलाई उपचार गर्ने उनले जानकारी गराए ।
ढकालले ९ असोज राति ढल्केबरमा मोर्चाका कार्यकर्ताले कुटपिट गरेका यातायात मजदुरहरु दिपक राउत, खेमराज खरेललगायतको खर्च सरकारले वेहोर्ने प्रतिवद्धता जनाएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले बताए ।
काठमाण्डौंबाट काकडभिट्टा जांदै गरेको ना ५ ख ७२४० नम्बरको बसका कण्डक्टर दिपक राउत र परिचालक खेमराज खरेललाई मोर्चाका कार्यकर्ताहरुले ढुङ्गा प्रहार घाइते बनाएका थिए ।
उनीहरुको बिराटनगर न्युरो अस्पतालमा उपचार भइरहेकोछ । कण्डक्टर राउतलाई भेन्टीलेटरमा राखेर उपचार गरिएको छ भने परिचालक खरेल भने खतरामुक्त रहेको छ ।
यस्तै, सप्तरीको भारदहमा ना ५ ख ४९९० का चालक बिष्णु राई र कण्डक्टर सन्तोष मगर र ना ५ ख ४६९३ का चालक मोहन थापालाई मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरेर घाइते बनाएका छन् । उता, ५ असोजमा तेल लिन भारतको रक्सौल गएका ट्याङ्कर चालकहरु पुशपति पाठक र बलराम लामा विरगञ्जमा कुटिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
