समाचारसोमबार, आश्विन ११, २०७२
नाका पारी अलपत्र परेका मजदुरहरुलाई निगमले खर्च दिने
भारतीय नाका पारी अलपत्र परेका यातायात मजदुरहरुको खर्च नेपाल आयल निगमले बेहोर्ने भएको छ ।
यातायात मजदुर तथा व्यावसायीका प्रतिनीधिहरुलाई नेपाल आयल निगमका उपमहानिर्देशक सुशील भट्टराईले अलपत्र परेका मजदुरहरुको खाने र बस्ने खर्च निगमले बेहोर्ने बताए । पेट्रोलियम पदार्थ लिन गएका ५८८ यातायात मजदुर केहीदिन याता नाकापारी अलपत्र परेका छन् ।
नेपालगञ्जको रुपैडियामा ६२ वटा ट्याङ्करका १२४ जना, बीरगञ्जको रक्सौलमा ६४ वटा ट्याङ्करका १२८ जना, विराटनगरको जोगबनीमा १५० वटा ट्याङ्करका ३०० जना, काकडभिट्टाका पानीट्याङ्कीमा १८ वटा ट्याङ्करका ३६ जना मजदुर अलपत्र परेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महाचिव भीमज्वाला राईले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>