Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जमा धर्ना, भारतमा भोज - Himalkhabar.com

थप समाचारसोमबार, आश्विन ११, २०७२

वीरगञ्जमा धर्ना, भारतमा भोज

हिमालखबर

-अली असगर, बीरगञ्ज

रक्सौल, भारतमा आयोजित सहभोजमा सहभागी मधेशी मोर्चाका आन्दोलनकारी । तस्बिरहरुः अली असगर

रक्सौल, भारतमा आयोजित सहभोजमा सहभागी मधेशी मोर्चाका आन्दोलनकारी । तस्बिरहरुः अली असगर

वीरगञ्जस्थित मुख्य भन्सार नाका रक्सौलमा धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई सीमापारी रक्सौलका स्थानीयले सहभोजको आयोजना गरेका छन् ।

मितेरी पुलस्थित दशगजा क्षेत्रमा ५ दिनदेखि धर्नामा बसेकाहरुलाई महेश अग्रवालको गोदाम परिसरमा सञ्चालित मेसमा खानाको ब्यवस्था गरिएको मोर्चामा सहभागी सद्भावना पार्टीका केन्द्रिय सदस्य नेजामुद्दीन समानीले बताए । अग्रवालका अनुसार स्थानीयसँग चन्दा संकलन गरि आन्दोलनकारीलाई खाना खुवाइएको हो ।

ali asgar_1जारी धर्नामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी मोर्चाका नेता कार्यकर्ता सहभागी छन् । धर्नाका कारण नाका ठप्प छ ।

मधेशी मोर्चाका अनुसार रक्सौल नाका धर्नाको नेतृत्व सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गरेका छन् । मधेशका माग पुरा नभएसम्म धर्ना र नाका ठप्प पार्ने कार्यक्रम जारी नै रहने मोर्चाले जनाएको छ ।

धर्नाकै बीच मोटरसाइकल, साइकल र पैदल यात्री ओहोरदोहोर गरे पनि अन्य सवारी साधन चल्न सकेका छैनन् ।

ali asgar_1 ali asgar_2 ali asgar_3 ali asgar_5

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>