समाचारसोमबार, आश्विन ११, २०७२
‘नेपालकाे संविधान २०७२’ किन लेखिएन ?
३ असोजमा जारी भएको संविधानलाई धेरैले ‘नेपालको संविधान–२०७२’ लेख्ने र भन्ने गरेका छन् ।
तर, संविधानमा भने २०७२ लेखिएको छैन । किन ? २०७२ लेखिएन । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ भन्छन्, “नेपालमा विभिन्न समुदाय र जातजातिले छुट्टा–छुट्टै समय, काल र वर्ष जनाउने मिति र संवत प्रयोग गर्छन्, संविधानमा २०७२ लेखिएन ।”
नेम्वाङका अनुसार सवैको भावना समेट्न २०७२ नलेखिएको हो । उनले भने, “नेपालमा ‘नेपाल संवत’, ‘किराँत संवत’, ‘विक्रम संवत’, ‘ईस्वी संवत’लयायतका विभिन्न संवत् प्रचलनमा छ, त्यसैले यस्तो व्यवस्था गरिएको छ ।”
नेम्वाङले पहिलो संविधानसभाको विवाद समाधान उपसमिति र दोस्रो संविधानसभाका समितिमा लामो छलफलपछि संविधानमा ‘नेपालको संविधान’ मात्रै लेखिएको बताए ।
-कपिल भट्ट, काठमाडौं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
