Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चीनले सबै वस्तु पठाउन सक्छ ? - Himalkhabar.com

थप समाचारमंगलबार, आश्विन १२, २०७२

चीनले सबै वस्तु पठाउन सक्छ ?

हिमालखबर

china-04दसैंकाे मुखमा भारतले अघोषित नाकाबन्दी गरेपछि विशेषगरी पेट्रोलियम पदार्थको अभावले छटपटिएका नेपालीले चीनलाई सम्झे । यो चरम अभाव पूर्ति गर्न चीन अग्रसर हुनुपर्ने अपेक्षा पनि गरे । तर, के यो अपेक्षा तत्काल पूरा हुन सक्छ ? धेरैका मनमा प्रश्न उठेको छ ।

नेपाली अधिकारीसँगको भेटमा चिनियाँ सरकारका प्रतिनिधिले भन्ने गरेका छन्, ‘हामी जस्तोसुकै सहयोग गर्न तयार छौं ।’ एक दिनअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले न्यूयोर्कमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगको संक्षिप्त भेटमा त्यस्तै वाक्य दोहोर्‍याए, ‘नेपाली जनताको चाहनाअनुरूप चीन सधैं नेपालको आर्थिक विकासमा सहयोग गर्न चाहन्छ ।’

चिनियाँ अधिकारीका यस्ता भनाइ नयाँ होइनन् । उत्तरी छिमेकी देश चीन जहिले पनि नेपाललाई सहयोग गर्न चाहन्छ । उसले चाह्यो भने धेरै गर्न सक्छ । तर, के उसले आफूले चाहेको सहयोग नेपालमा गर्न सक्छ वा पाउँछ ? यो प्रश्न भने गम्भीर छ ।

विगतदेखि भन्दै आएका कुरा हो भारत र चीनसँग समदूरीको सम्बन्ध राख्नुपर्छ । सैद्धान्तिकरुपमा यो कुरा सही छ । के त्यो व्यहारमा सम्भव छ ? भौगोलिकरुपमा मात्र होइन, साँस्कृतिक, भाषिकरुपमा पनि नेपाल र भारतको सम्बन्ध बढि निकट छ । चीनसँग त्यति सहज छैन । सबै हिसाबले चीन र भारतसँगको सम्बन्ध व्यवहारिक रुपमा समान हुन सक्दैन । त्यसको फाइदा उठाउँदै बेलाबेला भारतले नेपाललाई दबावमा राख्दै आएको छ ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>