समाचारमंगलबार, आश्विन १२, २०७२

भैरहवा-सुनौली नाका पुन: ठप्प

हिमालखबर

रुपन्देहीको सुनौली नाकाबाट भारतीय पक्षले पर्यटकका गाडी मात्रै नेपाल पठाएको छ ।

११ असोज दिउँसोदेखि बेलुकासम्ममा पेट्रोलियम, ग्यास, खाद्यान्न, टायल्स र फलफूलका गरी ६० वटाभन्दा बढी गाडी नेपाल प्रवेश गरे पनि १२ असोजमा भारतीय पक्षले पुन: नाका ठप्पा पारेको हो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार १२ असोज बिहानदेखि पर्यटकका गाडीमात्रै नेपाल भित्रिरहेका छन् । बिहान ८:४५ बजेसम्ममा एक दर्जनभन्दा बढी पर्यटक सवार गाडी नेपाल आएका छन् ।

दिउँसो मालबाहक गाडी नेपाल पठाउनका लागि भारतीय अधिकारीलाई अनुरोध गरिने बताइएको छ ।
११ असोजमा बेलहिया र भैरहवावासीको चर्को दबाब र सरकारी अधिकारीको पहलका कारण चार दिनदेखि ठप्प बेलहिया नाका केही खुकुलो भएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>