समाचारमंगलबार, आश्विन १२, २०७२

जनकपुर पुगेर बाबुरामले भने– ‘मधेशले अब केन्द्रमा शासन गर्ने हो’

हिमालखबर

पार्टि छाडेपछि पहिलो पटक सार्वजनिक भाषण गर्न जनकपुर पुगेपछि पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफू अब नयाँ शक्ति बनाएर अघि बढ्ने बताएका छन् ।

संविधानमा कायम कतिपय प्रावधानलाई लिएर तराई–मधेशमा चलिरहेको विरोध प्रदर्शनलाई समर्थन गर्ने क्रममा नेता भट्टराई आज जनकपुर पुगेका हुन् ।
आफ्नो १३ मिनेट लामो भाषणको क्रममा मधेश आन्दोलनका बारेमा बोल्दै भट्टराईले भने– ‘मधेशले अब केन्द्रमा शासन गर्ने हो क्षेत्रमा मात्र हैन् ।’ अहिलेको मधेशले उठाएका मागहरुलाई संविधान संसोधन गरेर पुरा गर्न सकिने उनले बताएका थिए ।

कार्यक्रम स्थानिय गोपाल धर्मशालामा भएको थियो । संविधान जलाउने कार्यक्रममा सरिक नभएको रिसमा आन्दोलनकारीहरुले मञ्च जलाउनका साथै भट्टराईलाई जनकपुर लैजान मुख्य भुमिका खेल्ने एमाओवादीका नेता रामचन्द्र झा माथि हातपात गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>