थप समाचारमंगलबार, आश्विन १२, २०७२

वीरगञ्जमा पेट्रोलको अभावसँगै कालोबजारी

हिमालखबर

petrolनाकाबन्दीका कारण ५ दिनदेखि पेट्रोलियम पदार्थको आयात हुन नसकेपछि वीरगञ्जमा पेट्रोलियम पदार्थको कालोबजारी भैरहेको छ ।

नाकाबन्दीअघि प्रति लिटर १०३ रुपैयाँमा पाइने पेट्रोल अहिले पर्सा, बारा, रौतहटका विभिन्न बजारहरुमा पाईनै छोडेको छ भने भने पाईहाले पनि एकदमै महङ्गो मूल्य पर्ने उपभोक्ताहरुले बताएका छन् ।

पम्पमा पेट्रोल पाइन छाडेपछि खुद्रा व्यापारीहरुले बोतलमा भरेर पेट्रोल बिक्री गरिरहेका देखिन्छन् । यसरी बेचिने पेट्रोलको मूल्ये प्रतिलिटर रु २५० देखि ३०० सम्म पर्छ । यसरी बेचिने पेट्रोल अधिकांश सीमावर्ती भारतीय बजार रक्सौलबाट तक्सरी गरेर ल्याइएको हो ।

केहीले भने भारतीय बजार रक्सौल पुगेरै मोटरसाइकलमा तेल हाल्ने गरेका छन् ।

नाकामा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुले मोटरसाईकल आवतजावतमा रोक लगाएका छैनन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>