समाचारमंगलबार, आश्विन १२, २०७२

काकडभिट्टाः तीन दिनदेखि पेट्रोलियम आयात शून्य, भारतले कुहिएका सामान मात्रै पठायो

हिमालखबर

भारतबाट आइपुगेका मालबाहक ट्रकहरु । तस्वीर: गोपाल गड्तौला

भारतबाट आइपुगेका मालबाहक ट्रकहरु । तस्वीर: गोपाल गड्तौला

पूर्वको काकडभिट्टा–पानीटंकी सीमा नाकाबाट पछिल्लो तीन दिनदेखि ग्यास र पेट्रोलियम पदार्थको आयात शून्य छ ।

१२ असोजमा काँकडभिट्टा–पानीटंकी नाकाबाट १६ वटा मालबाहक ट्रक भित्रिएका छन् । जसमध्ये सबै भन्दा धेरै कुहिन लागेका आलु चारट्रक, प्याज दुई ट्रक र सडेको तरकारी एक ट्रक छ ।

त्यसैगरी सिमेन्ट निर्माणमा प्रयोग हुने क्लिंकर चार ट्रक, सिमेन्ट उद्योगकै लागि खरानी एक ट्रक, रेजिन दुईट्रक, चुना, कोइला, एकएक ट्रक रहेको मेची भन्सार काँकडभिट्टाले जनाएको छ ।

६ देखि ९ असोजसम्म पेट्रोलियम पदार्थ बोकका १३ वटा ट्यांकर नेपाल भित्रिए पनि ग्यासको बुलेट एउटा पनि आएको छैन । ९ गतेपछि भने पेट्रोल, डिजेल, मट्टीतेल पनि भित्रिएको छैन ।

जबकी भारतीय पक्षले भनेजस्तो काकडभिट्टा–पानीटंकी नाकामा मात्रै होइन झापा जिल्लामै धर्ना आन्दोलन छैन ।

१० असोजमा कोचिला ग्राबर फ्रन्टका दुई प्रदर्शनकारी सीमाको मेचीपुलमा प्रदर्शनगर्न खोज्दा समातिएपछि यहाँ सिमा शान्त छ ।

तर सिमापारी पानीटंकीस्थित भारतीय भन्सारबाट जाँचपास समेत भइसकेका सयौं मालबाहक गाडीहरु एसएसबीले रोकिरहेको छ ।

नेपालमा उत्पादन शून्य भएका पेट्रोलियमको आपूर्ति ठप्प पारेर भारतले हाहाकारको स्थिति सृजना गर्न खोजेको सीमास्थित अधिकारीहरुले बताएका छन् ।

“उनीहरु सडन लागेका सामान पठाइरहेका छन्” मेची भन्सारका एकजना अधिकृत दिपेन्द्र झा भन्छन्, “ग्यास र पेट्रोलियम रोकेर यहाँको स्थिति अरु बिगार्ने योजना बुझिन्छ ।”
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>