थप समाचारमंगलबार, आश्विन १२, २०७२

दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प

हिमालखबर

दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प १२ असोज दिउँसो ३:१२ बजे दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।

“गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प गएको हो, हिमालय क्षेत्रमा यस्ता सानातिना भूकम्प गइरहन्छन्”, अधिकारीले भने ।
केन्द्रका अनुसार गोरखा भूकम्पपछि हालसम्म ४ म्याग्निच्यूड माथि हालसम्म ३९७ वटा परकम्प गएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>