Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विराटनगरबाट प्रकाशित हुने पत्रिकाहरु बन्द - Himalkhabar.com

थप समाचारबुधबार, आश्विन १३, २०७२

विराटनगरबाट प्रकाशित हुने पत्रिकाहरु बन्द

हिमालखबर

nepalजारी बन्द/हड्तालका कारण पत्रिका र सञ्चार माध्यममा परेको भौतिक तथा मानसिक दबाबका कारण भन्दै विराटनगरबाट प्रकाशन हुँदै आएका पत्रिकाहरु बन्द भएका छन् ।

पत्रिका सञ्चालकहरुको १२ असोज साँझ बसेको बैठकले सहज परिस्थिति नभएसम्मका लागि  पत्रिकाको प्रकाशन बन्द गर्ने निर्णय गरेको हो ।

विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष,’ ‘उज्यालो,’ ‘दर्शन,’ ‘जनबिद्रोह,’ ‘श्रृष्टि’ दैनिकका सञ्चालकहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशन बन्द गर्ने निर्णयसहित भारतले गरेको अघोषित नाकाबन्दीको भर्त्सना गरेका छन् ।

नेपालको आन्तरिक मामिलामा गरिएको हस्तक्षेपकारी काम तत्काल फिर्ता गर्न पनि पत्रिका सञ्चालकहरुले माग गरेका छन् ।

यहाँबाट प्रकाशन हुने ‘विराटपथ दैनिक’ ले केही दिनअघि देखि नै प्रकाशन बन्द गरिसकेको छ ।

१२ असोजबाट ‘उज्यालो दैनिक’ बन्द भईसकेको छ भने अन्य दैनिकहरुले १४ असोजबाट प्रकाशन नगर्ने जनाएका छन् ।

पत्रिकाको वितरण कार्य रोकिएको, आर्थिक कारोबार ठप्प भएको, विज्ञापन प्रभावित भएको, स्थानीय कागज उद्योगहरु बन्द हुँदा पत्रिका छपाई गर्ने कागज अभाब भएको र पछिल्लो समयमा भारतबाट लगाइएको अघोषित नाकाबन्दीले बाहिरबाट आउने कागज, मसी, इन्धनसमेत नपाइएको विज्ञप्तिमा जनाइएको छ ।
कमल रिमाल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>