समाचारबुधबार, आश्विन १३, २०७२
नेतृत्वलाई एमाले कार्यकर्ताको सुझावः राष्ट्रिय हितलाई केन्द्रमा राखेर वार्ता गर
नेकपा एमालेका जिल्ला नेताहरुले राष्ट्रिय हितलाई ध्यान दिएर मधेशी दलहरुसँग वार्ता गर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन आएका जिल्ला नेताहरुले तराई–मधेशमा संगठीत कार्यक्रम सञ्चालन गर्नुपर्ने, मधेशका जिल्लाहरुमा सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने, तत्काल सीमाका नाकाहरु खोल्नुपर्ने र चाँडो भन्दा चाँडो स्थानीय निकायको निर्वाचन गर्नुपर्ने सुझाव दिएका छन् ।
एमाले पार्टी सचिव तथा प्रचार प्रमुख योगेश भट्टराईका अनुसार विकास क्षेत्र अन्तर्गत विभिन्न ५ ठाउँमा कार्यक्रम सञ्चालन गरी सुझाव लिने कार्य भइरहेको छ । एमालेका शीर्ष नेताहरुले १२ असोजमा वर्तमान राजनीतिक अवस्थाबारे कार्यकर्ता भेलामा सहभागी स्थानीय नेतृत्वलाई अवगत गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>