समाचारबुधबार, आश्विन १३, २०७२
भारतीय टिभीको प्रसारण सुचारु गरः मधेशी मोर्चा
मधेशी मोर्चाको रौतहटमा बसेको बैठकले नेपालमा भारतीय टेलिभिजनको प्रसारण बन्द गरिएकोमा विरोध गर्दै तत्कालै सुचारु गर्न माग गरेको छ ।
१३ असोजमा रौतहटको गौरमा भएको मोर्चाको बैठकले भनेको छ, ‘हिन्दी प्रसारण सेवालाई बन्दगरी मधेशी समुदाय लगायत माथि सांस्कृतिक अतिक्रमणकारी कार्य गरेको हुँदा सोको घोर भत्र्सना गर्दै उक्त कार्य तत्काल बन्द गर्न अनुरोध गरिन्छ ।’
नेपालका टेलिभिजन केबल सञ्चालकहरुले भारतको नाकाबन्दीको विरोधमा १२ असोजदेखि देशभर हिन्दी च्यानलहरु बन्द गर्ने निर्णय गरेका थिए ।
नाकाबन्दीको विरोधमा भारतीय टेलिभिजन च्यानलहरुको प्रसारण बन्द गर्न नेपाल केबल टेलिभिजन संघ र नेपाल केबल टेलिभिजन एसोसियसनलाई विभिन्न संघसंस्थाहरुको दबाब परेको थियो ।
यस्तै मोर्चाको बैठकले आन्दोलन उचाईमा पुगेको निष्कर्ष निकाल्दै असहयोग आन्दोलन शुरु गर्ने पनि निर्णय गरेको छ ।
उसले तराई–मधेशबाट सरकारलाई प्राप्त हुने कर, राजश्व बुझाउने कार्य बन्द गर्न आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
