समाचारबुधबार, आश्विन १३, २०७२

चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह

हिमालखबर

सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालन गर्न चीनसँग आग्रह गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गरेका हुन् ।

सचिव उपाध्ययले भने, “राजदूतसँग भएको भेटमा अत्यावश्यकीय पदार्थ आयात सहज बनाउन र भन्सार नाका शीघ्र सञ्चालन गर्न अनुरोध गरिएको छ ।”

उनले चाडावाड नजिकिँदै गर्दा अत्यावश्यक सामग्रीको अभाव भएको र त्यसलाई सहज बनाउन चिनियाँ पक्षलाई पहल गरिदिन अनुरोध गरिएको बताए ।

जवाफमा राजदूत चुन्ताईले चाँडै  नाका सञ्चालन गर्न आफूहरु प्रयासरत रहेको भन्दै केही दिनमै नेपाल- चीनबीचको व्यापार सहज हुने विश्वास दिलाएको पनि सचिव उपाध्यायले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>