समाचारबुधबार, आश्विन १३, २०७२

वीरगञ्जमा कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र हटाइयो

हिमालखबर

वीरगन्जमा स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुबै हटाएको छ ।

मधेशी मोर्चाको आह्वानमा तराईमा जारी आमहडतालका क्रममा हिंसात्मक झडप भएपछि वीरगञ्जमा स्थानीय प्रशासनले १४ भदौदेखि कर्फ्यू लगाउनुका साथै त्यसको भोलीपल्टदेखि वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

अहिले स्थिति सामान्य भएकोले कर्फ्यू र दङ्गा ग्रस्त क्षेत्र दुवै हटाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, “केही दिनदेखि स्थिति सामान्य देखियो । बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू र दङ्गाग्रस्त क्षेत्र घोषणा हटाउने निर्णय गरेको छ ।”

यसअघि मधेशी मोर्चाले सरकार र तीन दलसँग वार्ताका लागि कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाउन माग गर्दै आएको थियो भने सरकारले पनि स्थिति सामान्य बनाउन मोर्चासँग आग्रह गरेको थियो ।

आज रौतहटमा बसेको मोर्चाको बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेलगत्तै वीरगञ्जबाट कर्फ्यू हटाइएको छ ।

कर्फ्यू र दंगाग्रस्त क्षेत्र घोषणा हटाइए पनि मोर्चाले आह्वान गरेको बन्द यथावत नै रहेकोले वीरगञ्जमा बजार र यातायात सुचारु हुन सकेका छैनन् ।

अहिले मधेशी मोर्चा नेपाल भारत सीमा नाकामा धर्ना र प्रदर्शनमा केन्द्रित भएको छ ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>