समाचारबुधबार, आश्विन १३, २०७२

निजी सवारी साधनलाई तेल नदिइने

हिमालखबर

काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा पेट्रोल भर्ने गाडीको लाम १३ असोजमा  । तस्वीर: गोपेन राई

काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको पेट्रोलपम्पमा पेट्रोल भर्ने गाडीको लाम १३ असोजमा । तस्वीर: गोपेन राई

सरकारले १४ असोजदेखि काठमाडौं उपत्यकामा निजी सवारी साधनलाई पेट्रोल–डिजेल नदिने निर्णय गरेको छ ।

भारतको नाकाबन्दीले इन्धन अभाव भएपछि निजी सवारी साधनलाई दिइने तेल कटौती गरी सार्वजनिक सवारी साधनलाई दिइने भएको हो ।

हाल तीन दिनसम्मका लागि भनिएको यो व्यवस्था तेल आपूर्ति नभए अझ कडा वा तेल आपूर्ति भएपछि खुकुलो पनि पार्न सकिने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

उपत्यकाबाहिरका जिल्लामा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार व्यवस्था गर्नं सक्ने छ ।

तेल निजी सवारी साधनका साथै स्कुल बस, निर्माण सामाग्री बोक्ने ठूला गाडीहरुलाई समेत नदिइने ढकालले प्रष्ट पारे ।

सरकारी सवारी साधन र खाद्यान्न बोक्ने साधनले भने तेल पाउनेछन् ।

‘लोडसेडिङ कम गर’
यसैबीच सरकारले विद्युत प्राधिकरणलाई लोडसेडिङ सकेसम्म कम गर्न पनि निर्देशन दिएको छ ।

ग्यासको समेत आपूर्ति रोकिएका बेला सर्वसाधारणको सुविधाका लागि विद्युतको आपूर्ति बढाउन निर्देशन दिइएको ढकालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>