समाचारबिहीबार, आश्विन १४, २०७२
भारतको झण्डा नजलाउनुहोस्ः प्रधानमन्त्री कोइराला
प्रधानमन्त्री सुशील कोइरालाले विद्यार्थी संगठनहरुलाई भारतको झण्डा नजलाउन आग्रह गरेका छन् ।
नौ विद्यार्थी संगठनले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भने, “भारतको झण्डा र विशिष्ट व्यक्तिको पुत्ला नजलाउनुहोस् ।” उनले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडै खुलाउने प्रयत्न भइरहेको बताए ।
दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेशको आन्दोलन वार्ताबाट निकास खोज्न विद्यार्थीहरुले आग्रह गरेका थिए ।
नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्रीले वर्तमान सन्दर्भमा युवा र विद्यार्थीलाई संयम हुन आग्रह गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>