Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
काउन्सिलद्वारा चारवटा मेडिकल कलेजको सीट निर्धारण - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन १४, २०७२

काउन्सिलद्वारा चारवटा मेडिकल कलेजको सीट निर्धारण

हिमालखबर

नेपाल मेडिकल काउन्सिलले यस वर्षका लागि चारवटा मेडिकल कलेजमा विभिन्न तहका लागि विद्यार्थी संख्या निर्धारण गरेको छ ।

काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीका अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिनले एमबीबीएसमा ६०, बिडिएसमा २५, पीजीमा १० जना विद्यार्थी पढाउन पाउने भएको छ ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा ५५ जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा १३५, बीडीएसमा ६०, पीजीमा ५७, एमडीएसमा १० जना विद्यार्थी पढाउन पाउने छ भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले पिजीमा ४४ र एमडीएसमा २ जना विद्यार्थी अध्ययन गराउन पाउने भएको छ ।

मेडिकल काउन्सिलले प्रत्येक वर्ष मेडिकल कलेजको अनुगमनपछि तयार पार्ने निरीक्षण प्रतिवेदनका आधारमा सिट संख्या निर्धारण गर्दै आएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अन्य निजी मेडिकल कलेजहरुको सीट संख्या निर्धारण गर्न बाँकी नै रहेको डा अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>