समाचारबिहीबार, आश्विन १४, २०७२
वार्ता टोली तमलोपाको कार्यालयमा
तीन प्रमुख दलले गठन गरेको वार्ता टोली तराई–मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुली बजार पुगेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठकपछि विजुली बजार पुगेको टोलीले तमलोपाका नेताहरुसँग छलफल भइरहेको छ । वार्ताका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई कार्यदेश दिएको छ ।
मोर्चाका तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुर, नेता सर्वेन्द्रनाथ शुक्ललगायत छन् भने तीन दलीय वार्ता टोलीमा नेपाली कांग्रेसका महेश आचार्य, नेकपा एमालेका अग्नी खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् ।
-कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>