समाचारबिहीबार, आश्विन १४, २०७२

तराईमा मोर्चाले ‘मानव साङलो’ बनायो

हिमालखबर

8मधेशी मोर्चाले तराईका विभिन्न जिल्लामा मानव साङलो बनाएको छ ।

जारी आन्दोलनप्रति सबैको ध्यानाकर्षण गर्न भन्दै १४ असोजमा कञ्चनपुरदेखि झापासम्मको हुलाकी राजमार्गमा विश्वकै सबैभन्दा लामो १ हजार १५५ किमीको मानव साङ्लो बनाउनले मोर्चाको निर्णय अनुसार विभिन्न जिल्लामा मानव साङलो बनाइएको हो ।

1१४ असोज दिउँसो १ बजेदेखि २ बजेसम्म मानिसहरु ‘मधेशी एकता जिन्दावाद,’ ‘मधेशको माग पूरा गर’ लगायत नारा लगाउँदै हुलाकी राजगमार्गमा पर्ने क्षेत्रमा लाईन लागेर उभिएका थिए ।

2मधेशी मोर्चा र थरुहट/थारुवान संयुक्त मोर्चाले संयुक्त रुपमा तराईका विभिन्न जिल्लामा मानव साङ्लो बनाएका हुन् ।

3मोर्चाले स्थानीय एफएम रेडियोहरु मार्फत विज्ञापन गरेरआफ्नो पायक पर्ने स्थानमा उपस्थित भई मानव साङलोमा सहभागी हुन सर्वसाधरणमा आग्रह गरेको थियो ।
तस्वीरहरु: सुरेश बिडारी, पर्साबाट 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>