समाचारबिहीबार, आश्विन १४, २०७२

मधेश केन्द्रित दलको मेहनत नयाँ संविधानः नेम्वाङ

हिमालखबर

nembangसभामुख सुवास नेम्वाङले नयाँ संविधान मधेश केन्द्रित दलसमेतको पसिनाको परिणामबाट बनेको बताएका छन् ।

पोखरा पुगेका नेम्वाङले एक कार्यक्रममा भने, “नयाँ संविधानमा मधेश केन्द्रित दलको पनि पसिना बगेको छ, यसलाई सवैले सहर्ष स्वीकार गर्नुपर्छ ।” उनले अघिल्लो संविधानसभाले ८० प्रतिशत काम गरेकाले मधेश केन्द्रित दलहरुको पसिना परेको बताए ।

सभाध्यक्ष नेम्वाङले ५ वटा विषयमा असहमति जनाएर संविधानलाई नै अस्वीकार गर्न नहुने बताए । पहिलो संविधानसभाको कामलाई स्वामित्व लिँदै नयाँ संविधान बनेको स्पष्ट पार्दै सभामुख नेम्वाङले वर्तमान संविधान प्रगतिशील, जनमैत्री र समावेशी भएको दावी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>