थप समाचारबिहीबार, आश्विन १४, २०७२

स्वदेश फिर्तीको माग गर्दै शरणार्थीको प्रदर्शन

हिमालखबर

bhutaneseअमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७० औं महासभा चलिरहँदा झापा शिबिरका भुटानीहरुले भुटान फिर्तीको माग राख्दै शान्त प्रदर्शन गरेका छन् ।

महासभामा शरणार्थीलाई स्वदेश फिर्ता गराउनका लागि भुटानलाई दबाबदिन राष्ट्रसंघलाई आग्रह गर्दै प्रदर्शनमा उत्रिएका भुटानी शरणार्थीले स्वदेश फिर्तीलाई नै शरणार्थी समस्याको दिगो समाधान भनेका छन् ।

“म जन्मेको धर्ती त्यहीं हो ” भुटान स्वतन्त्र जनमञ्चको आव्हानमा प्रदर्शनमा निस्किएका डमलाप्रसाद अधिकारीले भने, “मेरो भुटानमा भएको घरखेत आजको दिनमा दश करोडमाथि मोलिन्छ रे ।”

उनको जन्मघर दक्षिण भुटानको सर्भााङ जिल्लाको गेलेफु लोद्राई गाँउमा अँझै छ । आफन्तहरु लोद्राईमै छन ।

दुईदिने शान्तिपूर्ण प्रदर्शनको नेतृत्व गरिरहेका मञ्चका उपाध्यक्ष हर्कजङ सुब्बाले भने, “राष्ट्रंघले सदस्य राष्ट्रभित्र भएका मानव अधिकार विरोधी र राज्य दमनका घटनाको पनि खबरदारी गर्नुपर्दछ ।”

शरणार्थीको शान्तिपूर्ण प्रदर्शनमा नेपाल मानव अधिकार संगठनका पूर्र्वाञ्चल संयोजक डाक्टर केपी सुवेदीसहित प्रमुख राजनीतिक दलका स्थानीय नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>