समाचारबिहीबार, आश्विन १४, २०७२

तीन दल र मोर्चाको वार्ता सकारात्मक

हिमालखबर

तीन प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको वार्ता टोलीबीच भएको छलफल बिना निष्कर्ष सकिएको छ ।

तमलोपाको कार्यालयमा भएको छलफल सकारात्मक भएपनि निष्कर्षमा नपुगेको नेपाली कांग्रेसका नेता महेश आचार्यले बताए । उनले भोलि फेरि बस्नेगरी बैठक सकिएको बताए ।

तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने सरकार पक्षका वार्ता टोली प्रष्ट नभई आएकाले बैठक निष्कर्षमा पुग्न नसकेको बताए । उनले भने, “राजनीतिक मुद्दामा तीन दलको वार्ता टोली प्रष्ट नदेखिएकाले भोलि बस्नेगरी वार्ता सकिएको छ ।”

तीन दलका वार्ता टोलीका सदस्यहरुले भारतीय सीमा नाका खुलाउन आग्रह गरेका थिए । तर, मोर्चाको प्रतिनीधित्व गर्दै वार्तामा बसेका तमलोपाका अध्यक्ष महन्थ ठाकुरले कुरा नमिली सीमाको अवरोध नहट्ने बताए । उनले काठमाडौंमा कुरा मिल्नासाथ सीमाको अवरोध हट्ने बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका तर्फबाट गठीत वार्ता टोलीका सदस्यहरु प्रधानमन्त्री निवास बालुवाटारको तीन दलीय बैठक सकेर तमलोपाका कार्यालय विजुलीबजार पुगेका थिए । कांग्रेसबाट महेश आचार्य, एमालेबाट अग्नी खरेल र एमाओवादीबाट नारायणकाजी श्रेष्ठ वार्ता टोलीमा छन् ।

-कपिल भट्ट, काठमाडाै‌

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>