थप समाचारबिहीबार, आश्विन १४, २०७२

तमलोपाका सोनल र सिंह रिहा

हिमालखबर

sonalबन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै जिल्ला न्यायाधीश शर्माको ईजलासले सोनल र सिंहलाई बिना धरौटी थुना मुक्त गर्न आदेश दिएको हो ।

तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा २९ भदौमा बाराको नितनपुरबाट पक्राउ परेका उनीहरुविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक अपराध ऐन अनुसार मुद्दा चलाएकोमा प्रशासनले २ लाख ९८ हजार ७५० धरौटी माग गरेको थियो ।

जिल्ला न्यायधीश भोजराज शर्माको ईजलासले १४ असोजमा सोनल र सिंहलाई साधारण तारेखमा रिहा गरेर कारबाही पक्रिया अगाडि बढाउन आदेश दिएको सोनलका कानून व्यवसायी अरुणकुमार दुवेले जानकारी दिए ।

थुनामुक्त भएका सोनल र सिंहलाई उनका समर्थकहरुले फुलमाला लगाएर स्वागत गरेका छन् ।
सुरेश बिडारी, पर्सा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>