समाचारशुक्रबार, आश्विन १५, २०७२
‘आजभोलि नै थारु र सरकारबीच वार्ता हुनसक्छ’
तीन प्रमुख दल र थरुहट/थारुवान संयुक्त संघर्ष समितिका वार्ता टोलीबीच अनौपचारिक छलफल भएको छ ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको संसदीय दलको कार्यालय सिंहदरवारमा १५ असोज विहान अनौपचारिक छलफल भएको हो ।
छलफलमा तीन दलका प्रतिनीधि संलग्न सरकारी वार्ता टोलीका सदस्यहरुले आन्दोलनलाई संयम बनाउँदै वार्तामा बस्न आग्रह गरेका थिए भने थरुहटका प्रतिनीधिहरुले धरपकड र झुटा मुद्दाको खारेजी गरेपछि आन्दोलन रोक्ने प्रतिक्रिया दिएका थिए ।
संघर्ष समितिका प्रवक्ता अमनलाल मोदीले अनौपचारिक कुराकानी सकारात्मक दिशातिर उन्मुख भएको बताए । उनले हिमालखबरसँग भने, “औपचारिक वार्ताका लागि हामीले राखेका सर्त पूरा गर्छाै भन्नुभएको छ, आजभोलि नै औपचारिक वार्ता हुनसक्छ ।”
संघर्ष समितिले औपचारिक वार्तामा प्रवेश गरेपछि मात्रै राजनीतिक विषयमा छलफल गर्ने अडान लिएका थिए । नेपाली कांग्रेसका महेश आचार्य, नेकपा एमालेका अग्नी खरेल र एमाओवादी नारायणकाजी श्रेष्ठ संलग्न सरकारी वार्ता टोलीले संघर्ष समितिले औपचारिक वार्ताका लागि राखेको सर्तप्रति सकारात्मक प्रतिक्रिया दिएको मोदीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
