समाचारशुक्रबार, आश्विन १५, २०७२

संसद्को पहिलो बैठक सुरु

हिमालखबर

नयाँ संविधान जारी भएपछिको पहिलो संसद् बैठक शुरु भएको छ ।

नेपाली राजनीतिमा दूरगामी प्रभाव पार्ने अनुमान गरिएको व्यवस्थापिका–संसद्को नयाँ अधिवेशन आजदेखि शुरु भएको हो ।

संविधानसभाबाट संविधान जारी भएपछि रुपान्तरित संसद्को हैसियतले पहिलोपटक बस्न लागेको यो अधिवेशनले मुलुकका लागि नयाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन गर्ने छ ।

ती पदका लागि निर्वाचन प्रक्रिया अघि बढाउन संसद्ले नयाँ नियमावली र कार्यविधि तयार गर्ने छ ।

संविधानको व्यवस्थाअनुसार अधिवेशन प्रारम्भ भएको ७ दिनभित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख तथा ३० दिनभित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्नेछ ।

व्यवस्थापिका–संसद्को अधिवेशन प्रारम्भ भएको मितिले ७ दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने संवैधानिक प्रावधान छ ।

तर, सङ्क्रमणकालीन व्यवस्थामा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष राजीनामा दिने अभ्यास रहेपनि राष्ट्रपति र सभामुखले कुन अधिकारी समक्ष, कुन विधि र प्रक्रियाबाट राजीनामा दिने भन्ने व्यवस्था रहेको पाइँदैन ।

उनीहरुको राजीनामा नआइकन निर्वाचन प्रक्रियाका लागि बाटो नखुल्ने भएकाले राजीनामा आउँछ÷आउँदैन, आए कसरी आउँछ भन्ने विषय अहिले मुलुकको राजनीतिमा चर्चाको विषय बन्न पुगेको छ ।

बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति रामवरण यादवबाट संसद्को अधिवेशन आह्वान गरेको विषयको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर बैठकमा सुनााएका थिए ।

निर्धारत समयभन्दा २५ मिनेट ढिलो अर्थात् १ः२५ बजे सुरु भएको बैठकमा लोकतन्त्रका लागि बलिदानी दिने सहिदको सम्मानमा २ मिनेट मौनधारणा गरिएको थियो ।

बैठकमा सहभागी हुने सबै सांसदलाई स्वागत गर्दै सभामुख नेम्वाङले अर्काे बैठक साँझ ५ बजे बस्ने गरी बैठक स्थगनको घोषणा गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>