रमझमशुक्रबार, आश्विन १५, २०७२

‘एभरेष्ट’ मा अभिनय गरेका आङफुलाको आशा

हिमालखबर

angfulaपर्वतारोही रब हल र स्कट फिसरको सन् १९९६ मा सगरमाथा आरोहण गर्ने क्रममा मृत्यु भएको घटनामा आधारित चलचित्र ‘एभरेष्ट’ अहिले विश्वभर प्रदर्शन भइरहेको छ।

कलाकार विजय लामासँगै एभरेष्टमा ११ जना नेपाली शेर्पाले माउन्टेन गाइडका रूपमा अभिनय गरेका छन्।

तीमध्ये मुख्य गाइड भएर चलचित्रमा देखिएका आङफुला शेर्पा (३०) हाल अमेरिकामा छन्।

सेप्टेम्बर ९ मा भएको ‘प्रिमियर शो’ का लागि लसएन्जलस पुगेका उनी अभिनयका लागि राम्रो तारिफ पाइरहेको बताउँछन्। “यहाँका दर्शकले हिमाल चढ्न गाह्रो रहेछ भन्ने खालको प्रतिक्रिया दिइरहेका छन्”, शेर्पा भन्छन्, “फिल्ममा मैले गाइडको भूमिका निर्वाह गरेको छु।”

सन् १९९९ मा मजदूर बनेर पर्यटन क्षेत्रमा छिरेका उनी पछिल्लो समय हिमाली पथप्रदर्शकका रूपमा कार्यरत थिए। “आफ्नै पेशाबारे अभिनय गर्दा रमाइलो लाग्यो”, उनी भन्छन्, “यो चलचित्रले शेर्पा जातिलाई कलाकारिता क्षेत्रमा पनि उँचो बनाइदिने आशा लिएको छु।”

८ असोजमा काठमाडौंको कुमारी हलमा एभरेष्टको ‘प्रिमियर शो’ गरिएको थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>