समाचारशुक्रबार, आश्विन १५, २०७२

चन्द्रनिगाहपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप

हिमालखबर

रौतहटको चन्द्रनिगाहपुरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरीबीच झडप भएको छ ।

झडपमा एक दर्जन प्रदर्शनकारी घाइते भएको मोर्चाले जनाएको छ । गाउँगाउँबाट राजमार्ग कब्जा गर्न गएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १ दर्जन हवाई फायर र २ दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । अहिले पनि राजमार्ग क्षेत्रमा तनावपूर्ण अवस्था छ ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>